करेन्ट लागेर सहचालकको मृत्यु

सांकेतिक तस्विर

पब्लिक टुडे समाचारदाता
महोत्तरी, असार ६ गते :
महोत्तरीको मनराशिश्वामा तेल टयांकरको सहचालकको ज्यान गएको छ ।

[custom-facebook-feed]

जनकपुर उपमहानगरपालिका–८ का २५ बर्षीय उमेश यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जनाए ।

ना. ७ ख ११९५ नम्बरको तेल टयांकरमा बीड सडकमा लत्रिएको तार बेरिएको थियो । तेल टयांकरकरको सहचालक यादव तार छुटाउन जाँदा करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि जलेश्वर लादैं गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।