काठमाडौं, असार ६ गते । आज विश्व योग दिवस । संयुक्त राष्ट्रसंघले २०१६ मा हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उद्देश्यले ‘विश्व योग दिवस’ मनाइएको छ ।
विश्व योग दिवसका अवसरका काठमाडौंको रत्नपार्कबाट राष्ट्रियसभा गृहसम्म र्यालीको आयोजना गरियो । उक्त अवसरका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।
योगको अर्थ जोड्नु हो। योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ। मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।
तस्विर : दिपक केसी