वर्षासँगै चट्यांङ पर्दा ६ जनाको मृत्यु

 

बुटवल, असार १०- वर्षासँग चट्याङ पर्दा रुपन्देही र दाङमा मात्र ६ जनाको मृत्यु भएको छ। मंगलबार परेको पानीसंगै आएको चट्याङ लागेर रुपन्देहीमा ३ जना र दाङमा पनि तीन जनको मृत्यु भएको हो।

[custom-facebook-feed]

मृत्यु हुनेमा रुपन्देही सैनामैना-७, आमीका ६२ वर्षीय चन्द्र बहादुर बिक, कञ्चन गाउँपालिका-२ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका-७ वर्गदैया बस्ने राम जित लोधका २५ वर्षीका छोरा भागवत दास लोधको रहेको प्रहरीले जानकारी दिएको छ।

घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका विकको लुम्बिनी प्रार्देशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। त्यस्तै अर्यालको पनि गाईवस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको हो। लोध भने तरकारीबारीमा जाने क्रममा चट्याङ लागि मृत्यु भएको छ।

मंगलबार साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले दाङको राप्ती गाउँपालिका-३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो। मृतक तीनै जनाको शव लमही अस्पतालमा राखिएको छ।

Scroll to Top