एसइईको नतिजा सार्वजनिक

पब्लिक टुडे समाचारदाता
महोत्तरी, असार १२ गते ।
२०७५मा भएकोएसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।

[custom-facebook-feed]

परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ।  २०७५ चैत्र १० गतेबाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको थियो।

परीक्षाको नतिजा हेर्न नेपाल टेलिकमले सदाझैं विभिन्न सेवाहरु उपलब्ध गराएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ।

जस्तै: seesymbol No  टाइप गरी १६०० मा सन्देश पठाउने। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ। यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ।

नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ। यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ। 

Scroll to Top