काठमाडौं, असार १२ गते – एसइईको परीक्षाफल प्रकाशित भएको छ। सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले ३.६ देखि ४ जिपिएसम्म (ए प्लस) ल्याएका छन्।
५१ हजार १ सय ३७ विद्यार्थीले ३.२ देखि ३.६ जिपिएसम्म (ए) ल्याएका छन्। सबैभन्दा बढी ९८ हजार २ सय ७ विद्यार्थीले २ देखि २.४ जिपिएसम्म(बि माइनस) ल्याएका छन्।
ग्रेडको सूची हेर्नुस्-
परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ।
२०७५ चैत्र १० गतेबाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको थियो।
प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी सामेल थिए।
परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np बाट हेर्न सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ।
नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ।
जस्तै: seesymbol No टाइप गरी १६०० मा सन्देश पठाउने। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ।
यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ। नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ। यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ।