बाँके खाेलामा डुबेको बालक अझै पत्ता लागेन

राजेश सिंह
गाैशाला, असार १४ गते ।
महाेत्तरी र सर्लाहीको सिमामा पर्ने बाँके खाेलामा पाैडी खेल्न हाम फालेको ११ वर्षे बालककाे ज्यान गएको छ ।

[custom-facebook-feed]

ज्यान जानेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ खाटटाेल बस्ने लाले यादवको छाेरा वर्ष ११ काे अमित यादव रहेका छन् । शनिबार बिहान करिब ११ बजे नुहाउन अाएकाे बालक डुब्दा बेलुका ७ बजेसम्म लास फेला परेको छैन ।

क्रसरबलाहरुले नियम विपरीत करिब २०/२५ फिट गहिरो उत्खनन गरिएको खाल्डोमा डुबेको छ । स्थानीय सरकारले खासे चासो नदिएकाे स्थानीयहरुले गुनासो गरेका छन् ।

सर्लाहीकाे नेपाल प्रहरीका SP काे टोलीकाे साथै शस्त्र प्रहरीका टोली घटना स्थलमा अाएर उक्त बालकलाई निकाल्ने प्रयास गरेता पनि लास फेला परेन । मृत्क बालकलाई अाईतबार बिहानै देखि निकाल्न प्रयास गर्ने सर्लाहीका SP गाेपाल चन्द भट्टराईले बताएका छन् ।

Scroll to Top