सेवा निवृत कर्मचारीले आफ्ना अनुभव बाँड्नुपर्ने : प्रदेश प्रमुख कायस्थ

 

जनकपुरधाम, आसार १४ गते ।प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सेवा निवृत कर्मचारीहरुले सेवा अवधिमा प्राप्त आफ्ना अनुभव, सिप र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।

[custom-facebook-feed]

सेवा निवृत्त कर्मचारी परिषद जनकपुरको सोह्रौं साधारणसभा तथा रजत जयन्ती समारोहलाई उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सेवा निवृत कर्मचारीहरुलाई उहाँहरुको सिप, ज्ञान र क्षमतालाई ज्ञापन पत्रका माध्ययमबाट सरकारलाई अघि बढ्न सल्लाह सुझाव दिनुपर्ने बताउनुभएको छ । सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख कायस्थले सेवा निवृत्त कर्मचारीहरुलाई अब फरक फरक विषयगत समिति बनाएर अगाडि बढ्न सुझाव समेत दिनुभएको छ ।

कायस्थले प्रदेश सरकार अहिले भूमि व्यवस्थापन, कृषि, शिक्षा र स्वास्थ्यमा नीति कार्यक्रममा बिभिन्न कार्यक्रम ल्याएको तर व्यवहारमा लागू गर्न सेवा निवृत्त कर्मचारीको सहयोग आवश्यक रहेको धारणा राख्नुभएको छ ।

ई. रामचरित्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामेश्वर साहले सेवा निवृत्त कर्मचारीको व्यक्ति वृत्ति र सम्मान जनक जीवन बाँच्न पाउनको लागि नै आफु यस संस्थाको स्थापना गरेको बताउनुभएको थियो ।

कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी रामरतन मिश्र , पूर्व अध्यक्ष जुगल किशोर लाभ, समाजसेवी अमरचन्द्र अनिल लगायत सयौं व्यक्तिहरुको उपस्थिति रहेको थियो । करिब ६०० जना आबद्ध परिषदको वार्षिक साधारण सभामा धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका सेवा निवृत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Scroll to Top