• The Public Today
  • भैंसी वितरण गर्ने निर्णय विवादमा


    आठै जिल्लामा मोर्चाबन्दी गरी आन्दोलन गर्ने चेतावनी

    पब्लिक टुडे समाचारदाता
    राजविराज, असार १५ गते –
    मधेश आन्दोलनका सहिद परिवारलाई भैंसी वितरण गर्ने प्रदेश २ सरकारको कार्यक्रम विवादित बनेको छ।

    [custom-facebook-feed]

    भैंसी वितरणका नाममा सरकारले नै सहिदको अपमान र भेदभाव गरेको ‘जनयुद्ध र लोकतान्त्रिक आन्दोलनका सहिद, बेपत्ता र घाईतेका परिवार’ले आरोप लगाएका छन्।

    शनिबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सहिद, बेपत्ता तथा घाईते परिवारकी अध्यक्ष रीताकुमारी चौधरीले शहिद कुनै अमुक पार्टी र व्यक्ति विषेश नहुने भन्दै राजनितिक परिवर्तन र अधिकार प्राप्तीका बलिदानीको सरकारले नै अपमान भएको गुनासो गरिन्।

    ‘शहिद राष्ट्रको हुन्छ, कसैको पेवा हुदैन्’ उनले भनिन्,‘समय र अवस्था अनुसार शहिदको भागवण्डा गर्न मिल्छ ?’

    सरकारले भैंसी वितरणमा सुरु गरेको विभेद अन्त्यका लागि पटक–पटक आग्रह गर्दा समेत सुनुवाई नभएको उनको गुनासो छ। प्रदेश २ सरकारको विभेदकारी कृयाकलापविरुद्ध प्रदेश २ का आठै जिल्लामा मोर्चाबन्दी गरी आन्दोलन गर्ने उनले चेतावनी दिइन्। आन्दोलनकै कार्यक्रम अन्तर्गत आईतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र वुझाउने कार्यक्रम छ।

    प्रदेश सरकाले गत आइतबार (असार ८ गते ) राजविराज नगरपालिका–९, मलेठमा ‘शहिद तथा घाइते परिवारलाई दुधालु भैंसी वितरण कार्यक्रम’ आयोजना गरी २० परिवारलाई १/१ थान भैंसी वितरण गरेको थियो।

    भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शहिद तथा घाईतेका परिवारलाई भैंसी वितरण गरे। यसैगरी ३४ परिवारलाई भैसिका पाडापाडी वितरण गरिएको जनाइएको छ।

    प्रदेशका ८ वटै जिल्लाका १ सय २२ परिवारलाई भैंसी वितरण गर्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस