• The Public Today
  • प्रेमीसँग मिलेर आमाकाे हत्या, छोरीसहित चारजना पक्राउ


    काठमाडौं, असार १६ गते । आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। भक्तपुरकाे चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो ।

    [custom-facebook-feed]

    महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हत्यामा संलग्न रहेको आराेपमा चार जनालाई सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरूमा सिरहाकाे कल्याणपुर नगरपालिका ४ का २३ वर्षीय मोहम्मद नाैसाद, भारतकाे जनक भगत इडी ३५ नई अशाेका नगर बसुन्धरा एक्लेबका २४ वर्षीय अर्जुन कुमार भनिने भाेला कुमार,भारतकै मधुमनीका २४ वर्षीय मेहम्मद रहिश र मृततकी छाेरी २७ वर्षीया ईश्वरी भट्टराई रहेकाे प्रहरीले जनाएकाे छ ।

    हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी भक्तपुरमा आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

    ‘छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अपराध महाशाखाले जनाएको छ ।

    ईश्वरीले प्रेमी नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेका थिए । सहमतिपछि प्रेमी मोहम्मद र अर्जुन कुमार मिलेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाइ हत्या गरेको खुलेका महाशाखाले जनाएको छ ।



    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस