• The Public Today
  • संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान


    विराटनगर, असार १६ गते । प्रदेश नम्बर १ को संखुवासभामा प्रहरी र प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

    [custom-facebook-feed]

    संखुवासभाको सिलिचुङ गाउँपालिका–१  होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।

    प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको पैदल गस्ती त्यहाँ पुगेको थियो,’ प्रजिअ दुलाले भने, एक सुरक्षाकर्मी देख्नासाथ उनीहरुले फायरिङ गरे, त्यसपछि, प्रहरीले गोली चलायो ।’ हातहतियारसहित चन्द समूहका कार्यकर्ता आएको उनले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


    क्याटेगोरी : राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस