• The Public Today
  • घुससहित पक्राउ परेका पूर्व सांसद कार्की भ्रष्टाचारी ठहर


    काठमाडौं, असार १७ गते । तत्कालीन एमालेका पूर्वसांसद डोलबहादुर कार्की घुसकाण्डमा दोषी ठहर भएको छ । सर्वाेच्च अदालतले मंगलबार कार्कीलाई भ्रष्टाचारी अभियोगमा दोषी ठहर गरेको हो ।

    [custom-facebook-feed]

    सर्वाेच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले कार्कीलाई जेल सजायको फैसला सुनाएको हो ।  कार्कीले प्रहरी निरीक्षक भर्ना गरिदिन प्रलोभन देखाई एक लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

    यसअघि विशेष अदालतले पनि कार्कीले भ्रष्टाचार गरेको ठहर गरेको थियो । विशेष अदालतले ४ महिना कैद र एकलाख जरिवाना सजाय गर्नेगरी फैसला गरेको थियो। सर्वाेच्चले सोही फैसलालाई नै सदर गरेको छ । 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस