• The Public Today
  • विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा


    गौशाला, असार १८ गते । विश्वकप क्रिकेटमा बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको अन्तिम चारमा पुग्न सफल भएको हो ।

    [custom-facebook-feed]

    सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

    बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो । बंगलादेशका लागि शकिब अल हसनले ६६ रन बनाउँदा मोहम्मद सइफुदिनले अविजित ५१ रन बनाए । त्यस्तै सबिर रहमानले ३६ र सौम्या सरकारले ३३ रन बनाए ।

    बलिङतर्फ भारतका जस्पि्रत बुमराहले चार विकेट लिदा हार्दिक पाण्ड्याले तीन विकेट लिन सफल भए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको थियो । बंगलादेशविरुद्ध ठूलो लक्ष्य बनाउने क्रममा भारतका रोहित शर्माले शतक बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १०४ रन बनाए ।

    त्यस्तै, केएल राहुलले ७७ रन बनाए । पहिलो विकेटका लागि रोहित र राहुलले १८० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए । त्यस्तै, रिषभ पन्तले ४८ रन बनाउँदा महेन्द्रसिंह धोनीले ३५ रन बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले पाँच विकेट लिए ।

    यो हारसंगै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस