• The Public Today
  • इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, न्युजिल्यान्ड पराजित


    गौशाला, असार १९ गते । न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकपको क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न खेलमा न्युजिल्यान्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

    [custom-facebook-feed]

    ३०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५ ओभरमा सबै विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि टोम नाथमले ५७ रन बनाउँदा रोस टायलरले २८ र कप्तान केन विलियम्सनले २७ रनको योगदान दिए । एक रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले १४ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

    रिभरसाइड ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको इंल्याण्डले ५० ओरमा आठ विकेट गुमाउँदै ३०५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोनी बैरस्टोव र ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गर्दै १२३ रनको साझेदारी गरे । जोनीले ९९ बलमा १५ चौक र एक छक्का प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै रोयले ६० रन बनाए ।

    कप्तान इयोन मोर्गन भने ४२ रनमा आउट हुँदा जोइ रुटले २४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निसामले समान २-२ विकेट लिए ।

    जितसँगै इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा पराजित न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छ । अब न्युजिल्यान्डले पाकिस्तान र बंगलादेशबीचको खेल कुर्नु पर्ने हुन्छ ।

    न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको भए पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउने एउटा सजिलो मौका थियो । न्यूजिल्याण्डलाई हराउँदै १२ अंक जोडेको इंग्ल्याण्ड तेस्रो स्थान र न्यूजिल्याण्ड चौथो स्थानमा छन् । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ । उसले बंगलादेशलाई हराए पनि रन अन्तरको आधारमा पछि पर्ने निश्चित छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस