• The Public Today
  • पूर्व मन्त्रीसहित समाजवादी पार्टीको असन्तुष्ट समूह नेकपामा प्रवेश


    काठमाडौं, असार २० गतेे । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

    [custom-facebook-feed]

    पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । 

    शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।



    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस