सुनसहित २ जना पक्राउ

कैलाली, फाल्गुण २३ गते । प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

चिसापानीमा जाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुन सहित धनगढीका व्यापारी रमेश कुमार शैजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

शैजुसँगै गाडीमा रहेकी सीता चौधरीलाई पनि सोधपुछका लागि समातिएको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए।

उनीहरुले सुन ल्याउदै गरेको बा १९ त ७४१३ नम्बरकाे गाडी पनि बरामद गरिएको छ । शैजुले काठमाण्डाैबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ । तर, शैजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिए पनि एक किलो सुनको बिल भने छैन ।

#आनदोलन #मुद्दा

Scroll to Top