• The Public Today
  • एसईई ग्रेडवृद्धि परीक्षाको मिति सर्‍यो (संशोधित तालिकासहित)


    काठमाडौं, असार २२ गते । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

    [custom-facebook-feed]

    बोर्डले सूचना निकालेर भदौ १ गतेदेखि परीक्षा हुने जनाएको हो । २०७५ साल चैत महिनामा भएको कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन् ।

    तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

    हेर्नुहाेस् परीक्षा तालिका


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस