• The Public Today
  • अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास


    पर्सा, असार २२ गते । पर्सा प्रहरीले आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पर्साको कालिकामाईं गाउँपालिका-२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो ।

    इन्दुले शनिबार दिउँसो सासु राजपती देवी महरालाई ग्रासी९धारिलो हतियार०ले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि इन्दुलाई प्रहरीले पक्राउ गरेको हो ।

    अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ । घाइते राजपतीलाई वीरगञ्ज न्युरो अस्पतालमा भर्ना गरिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस