• The Public Today
  • मुख्यमन्त्रीद्वारा साईकल हस्तान्तरण


    जनकपुरधाम, असार २४ गते । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आज धनुषा जिल्लाको दुई माविलाई साईकल हस्तान्तरण गरिएको छ ।

    [custom-facebook-feed]

    मुख्यमन्त्री लालबाबु राउतले धनुषाको फुलगामास्थित गिरिजा मावि र कनकपट्टीस्थित सरस्वती माविका प्रअलाई साइकल हस्तान्तरण गर्नुभएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा मुख्यमन्त्री राउतले फुलगामा माविका प्रअ शितल यादव र कनकपट्टी माविका प्रअ अरविन्द यादवलाई साईकल हस्तान्तरण गर्नुभएको हो ।

    कार्यालयले सरस्वती मावि कनकपट्टीलाई ४३ थान र गिरिजा मावि फुलगामालाई १ सय ३४ थान साईकल उपलब्ध गराएको छ । उक्त साइकल ती माविमा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई वितरण गर्ने भएको छ ।

    प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आठै जिल्लाका १४ हजार छात्रालाई साइकल वितरण गर्न लागेको छ ।

    यसअघि जनकपुरको कन्या मावि कक्षा ८ मा अध्ययनरत्त छात्रालाई साईकल वितरण गरिएको थियो । साइकल हस्तान्तरणको अवसरमा समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादव, प्रमुख सचिव दिपक सुवेदी, कानुन सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस