• The Public Today
  • सम्बन्धबिच्छेद गरेको १७ दिनमा फेरि पतिपत्‍नी


    अर्घाखाँची, असार २६ गते । नेपालीमाझ एउटा उखाजन निकै प्रचलित छ–लोग्नेस्वास्नीको झगडा परालको आगो । नभन्दै अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन् ।

    [custom-facebook-feed]

    उनीहरुले सम्बन्धविच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन् ।

    अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाँउपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धविच्छेद गरेका थिए ।

    आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो ।

    पौडेल दम्पतीका ६ बर्से छोरा छन्। दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिन नहुने भन्दै सम्झाएपछि उनीहरूको विचार फेरिएको लिलामनीले बताए। सबैले छोराका लागि मिल्नुपर्ने भनेर सम्झाएपछि उनीहरू फेरि सम्बन्ध गाँस्न अदालत आए। बहकाउमा पारपाचुके गरेको र अहिले फेरि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमसहित बिहे गरेको जमुनाले बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस