• The Public Today
  • दुई बस ठोक्किँदा १५ जना घाइते, एकको अवस्था गम्भीर


    लहान, असार २६ गते – सिरहामा दुई यात्रुबाहक बस ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

    [custom-facebook-feed]

    सिरहाको धनगढीमाई नगरपालिका–११, सोनापुरस्थित लोकमार्गमा पूर्व जाँदै गरेको ना४ख ६७४३ र पश्चिम जाँदै गरेको ना७ख ५३८२ नम्बरको यात्रु बस बुधबार साँझ आपसमा ठोक्किएका थिए।

    घटनामा दुवै बसका गरी १५ जना घाइते भएका र त्यसमध्ये सप्तरीको खडक नगरपालिका– ८ का ४१ वर्षीय विमल चौधरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनको छाती र कम्मरदेखि तल्लो भागमा चोट लागेको छ। उनीसँगै सप्तरीको खडक नगरपालिका-१० की ३५ वर्षीया जसो चौधरी पनि घाइते भएकी छिन्।

    दुर्घटनामा सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-५ का २७ वर्षीय मनोज कुमार सदाय, मिर्चैया नगरपालिका-६ का २२ वर्षीया सिता सदाय, लहान नगरपालिका-६ का ३१ वर्षीय कपिलदेव साफी, नवराजपुर गाउँपालिका-६ का ३५ वर्षीय जोगिन्द्र मल्लिक, उनका छोरा १० वर्षीय मिथलेस कुमार, नवराजपुर–१ का ६० वर्षीय दोहरिका यादव, सिरहा नगरपालिका-१६, मार्डरका ७१ वर्षीय कृतनारायण झा घाइते भएका छन्।

    यस्तै, मोरङको सुन्दर हरैचा नगरपालिका–४ की ९३ वर्षीया इन्द्रमाया खड्का, सोही नगरपालिकाको वडा-१ का ६८ वर्षीय होम बहादुर खड्का, सर्लाहीको बागमती नगरपालिका-३ की ३८ वर्षिया अनिता सिंह, नवलपरासीको सुनवल नगरपालिका-१० का ६० वर्षीय रमतेल मियाँ, भारतको दरभङ्गास्थित खुटौना थानाका ६२ वर्षीय बुचन मल्लिक पनि घाइते भएका प्रहरीले जनाएको छ।

    बसका चालक सिरहाको धनगढीमाई नगरपालिका ५ का ३० वर्षीय श्रीनारायण ठाकुर समेत घाइते भएकाले उनको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस