• The Public Today
  • मिथिला नगरपालिकाको बजेट ६२ करोड ८७ लाख पारित (पुर्णपाठसहित)


    विजय कुमार सिंह
    ढल्केबर, असार २६ गते ।
    धनुषाको मिथिला नगरपालिकाले ६२ करोड ८७ लाख बढि बजेट पारित गरेको छ । नगरपालिकाको चौथौ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि ६२ करोड ८७ लाख ९७ हजार १ रुपैयाको बजेट पारित गरेको हो ।

    [custom-facebook-feed]

    बुधवार ढल्केवरस्थित राधाकृष्ण सामुदायिक मन्दिरको प्राङ्गणमा मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोको अध्यक्षता तथा संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख आतिथ्यमा नगरपालिकाको चौथो नगरसभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजानिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    नगरसभाबाट आर्थिक बर्ष २०७६/७७ का लागि ६२ करोड ८७ लाख ९७ हजार १ रुपैयाको बजेट पारित भएको मिथिला नगरपालिकाका प्रवक्ता दिपकजंग थापाले जानकारी दिए ।

    पारित भएको सो बजेटमा संघिय सरकार र प्रदेश सरकारका सशर्त बजेट, सामाजिक सुरक्षा भत्ता, बहुक्षेत्रिय पोषण, सडक बोर्ड नेपाल, युनिसेफ नेपाल, प्रदेश सरकारको कार्यविधि अनुसार काम गर्नुपर्ने समपुरक र विशेष अनुदान समेत समावेश रहेको मिथिला नगरपालिकाका उपप्रमुख तारा कुमारी बस्नेतले बताईन् ।

    यस्तै, व्ययतर्फ सबै वडा कार्यालय तथा विषयगत शाखाहरुबाट पेश भएका र नगरभित्र रहेका विभिन्न संघ संस्था एवम नागरिक समाजको माग एवं राय सल्लाह सुझावको रुपमा आएका योजना तथा कार्यक्रमहरुलाई एकिकृत योजना तर्जुमा समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति हुँदै कार्यपालिकामा छलफल गरी प्रस्ताव गरेका योजना/कार्यक्रमहरु नगरसभामा विभिन्न चरणमा छलफल गरी स्वीकृत भए बमोजिम विनियोजन भएको नगर उपप्रमुख बस्नेतले बताईन् ।

    पारित भएका बजेटलाई नगरपालिका, वडा कार्यालय तथा विषयगत कार्यालयबाट प्रभावकारी रुपमा कार्यान्वयन हुने व्यवस्था मिलाएकी छु, उपप्रमुख बस्नेतले भनिन् “बजेटको सफल कार्यान्वयनमा सवैको सक्रिय निरन्तर सहयोगको अपेक्षा गर्दछु ।”

    कार्यक्रममा बोल्दै मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले यस बर्षको बजेटमा खानेपानीलाई विशेष प्राथमिकता दिएको बताए । उनले यस भेगमा खानेपानीको निकै समस्य रहेकोले यो बर्ष करिब २ करोड ५० लाख रुपैया खानेपानीलाई विनियोजन गरेको उल्लेख गरे । यसैगरि शिक्षा, स्वास्थ्य कृषि, पशुलगायत विभिन्न विषयगत शिर्षकहरुमा बजेट विनियोजन गरेको नगर प्रमुख महतोले बताए ।

    यसैबीच नगरसभामा “मिथिलाको चाहना, घरघरमा साहना” कार्यक्रम अन्तर्गत नगरपालिकाले स्नातक तह उत्तिर्ण गरेकी नगरभित्रका छोरी–बुहारीहरुलाई सम्मान गरेका छन् । सोही कार्यक्रम अन्तर्गत नगरभित्रका ५ जना छोरीचेलीलाई ६ हजार नगद राशी सहित अभिभावकलाई दासल्ला ओढाएर नगरपालिकाले सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्रतिभा बस्नेत, प्रभा बस्नेत, सुस्मिता लामा, सुनैना चौधरी र सम्झना बम्जन रहेकी छन् । यसै कार्यक्रम अन्र्तगत गत बर्ष नगरभित्रका स्नातक तह उत्तीर्ण गरेकी ५४ जना छोरीबुहारी सम्मानित भएका थिए ।

    नगरसभाबाट स्वीकृत बजेट सार्वजानिकरण कार्यक्रममा प्रदेशसभा सदस्य किशोरी साह कमल, मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की, नगरका सम्पूर्ण वडाका वडाध्यक्ष, वडासदस्य, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिती रहेको थियो । आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।

    हेर्नुस नगरपालिकाको आ.व. २०७६/०७७ को लागि चौथों नगर सभाबाट स्वीकृत नीति, कार्यक्रम, बजेट पुस्तिका


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, समाज


    प्रतिक्रिया दिनुहोस