• The Public Today
  • सर्लाही मृत्यु प्रकरण : मृतक परिवारलाई १० लाख दिने निर्णय


    काठमाडौं, असार २६ गते – सर्लाहीका सरोजनारायण सिंहका परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

    [custom-facebook-feed]

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

    मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताए।

    सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके नदीस्थित भँगालोमा डुबेर स्थानीय १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। सोही विषयलाई लिएर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा असार १५ गते ईश्वरपुर नगरपालिका १३ का २६ वर्षीय सिंहको प्रहरीको गोली लागी मृत्यु भएको थियो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस