• The Public Today
  • प्रदेश २ को अस्थायी मुकाम जनकपुर डुबानमा (फोटो फिचर)


    पब्लिक समाचारदाता
    जनकपुरधाम, असार २७ गते ।
    प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम बुधबार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको छ । जनकपुरको प्रायः जसो सडक र सरकारी कार्यालय पानी जनमेको छ भने गहिर स्थानको घरहरुमा पानी पसेको छ ।

    [custom-facebook-feed]

    जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल,मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जनकपुर अंचल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय लगायतको परिसर वर्षाको पानीले जलमग्न बनेको छ । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    यसैगरी वर्षाका कारण जनकपुरको वडा नम्बर १,२, ३,१०,११ लगायतका वडाहरु डुबानमा परेपछि जनजीवन कष्टकर बनेको छ। यी वडाहरूको घरभित्र पानी छिरेपछि स्थानीय समस्यामा परेका छन्।

    यता हालसालै निर्माण भएका जनकपुरका सडकहरु समेत जलमग्न भएका छन्। आधुनिक प्रविधि र ढलसहितको सडकमा पानी नजम्ने दाबा गरिएपनि सडकहरु जलमग्न भएका हुन्।

    जनकपुरधाम उपमहानगरपालिका कार्यालयकै अगाडि सडकमा पानी जमेको छ भने भानुचोक, शिवचोकलगायतका सडकहरु जलमग्न देखिएको छ।

    अविरल वर्षाले जनकपुर लगायत तराई मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस