• The Public Today
  • बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, नारायणगढ–मुग्लिन सडक एकतर्फी


    पब्लिक समाचारदाता
    महोत्तरी, असार २७ गते –
    बिहीबारदेखि अविरल परेको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । रौतहतको चन्द्रपुर लच्कामा आएको बाढी राजमार्ग अवरुद्ध बनेको हो ।

    [custom-facebook-feed]

    अविरल वर्षापछि आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको रौतहट प्रहरीले जनाएको छ ।

    सडकअवरुद्ध भएसँगै दुवैतर्फको सवारीबीच बाटोमै रोकिएका छन् भने सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच लाल बकैया नदीले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

    यस्तै अविरल वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फीमात्रै गाडी चलिरहेका छन्। यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेको हो। ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

    यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।

    यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

    एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।

    यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस