• The Public Today
  • महोत्तरीमा तटबन्ध जोगाउन सुरक्षाकर्मी परिचालन


    पब्लिक टुडे समाचारदादाता
    महोत्तरी, असार १७ गते ।
    दुई दिनदेखि लगातार परिरहेको पानीको कारणले महोत्तरीको रातो, बिग्ही, माढा, जँघा, भब्सीसहितका नदिमा जलस्तर बढेको छ । जसका कारणले बाँधहरु भत्काउने खतरा बढेको छ ।

    [custom-facebook-feed]

    महोत्तरी जिल्लाको रातो नदिले बलवा नगरपालिका वडानं. ११ को भलनीमा तटबन्ध भत्काउने खतरा बढेपछि जिल्ला विपद व्यवस्थापन समितिले तत्कालै सुरक्षा निकाय परिचालन गरेर मरम्मतको काम थालेको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितलाई परिचालन गरेर तटबन्ध कटान रोक्ने प्रयास थालिएको बताए । उनले तटबन्ध कटान रोक्नको लागि बाँस तथा बोरामा बालुवा हालेर प्रयास थालिएको बताए ।

    उनले प्रकोपभन्दा अगाडी नै आफुहरु ‘सर्च एण्ड रेस्क्यू’को लागि सबै सरोकारबालाहरुलाई यथास्थितीमा राखि सकिएको बताउनुहुदै प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरणको लागि हरसम्भव प्रयास थालिने वताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस