• The Public Today
  • ‘अरु भन्छन्, हामी गरेर देखाउँछौं’


    राजकरण महतो
    महोत्तरी :
    ‘अरु भन्छन्, हामी गरेर देखाउँछौं,’ उनले सम्बोधनको पहिलो वाक्य नसक्दै उच्चारण गर्छन् । शोभावैले थोरै बोल्छन्, अनि बोलेपछि पुरा गर्न खोज्छन् । दिएको वचन खेर नजाओस् भन्नेमा गम्भीर बन्छन् ।

    [custom-facebook-feed]

    आँटेपछि साथसहयोग लिएर काम पुरा गर्छन् । नेता बन्ने–बन्नेमा उनी पुग्छन्, फेरी केही मतको खडेरीले उनी फलामे ढोका छिर्ने मौका गुमाउँछन् । तर, पनि हरेश खान्दैनन्, कोहिसित गुनासो गर्दैनन् । समाजमा केही गरौं भनी हर्दम प्रयासरत रहन्छन् ।

    होचा कद, गोरा अनुहारका उनलाई रिसाउने पटकै स्वभाव छैन । सहयोग माग्नेहरुलाई रित्तोहात फर्काउँदैनन् । बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीप्रति यी शब्दहरु खर्चिन आज मलाई मनले गबाही गरेको छ ।

    प्रसंग हो, रक्तसंचार केन्द्र बर्दिबासको भवन निर्माणको । बर्दिबासमा रक्तसंचार केन्द्रको भवन थिएन । कुनै हस्पिटलको एउटा कोठामा सहयोगको भरमा सेवा दिन्थ्यो । रगत अभावमा हस्पिटलको शैय्यामा मृत्यु कुर्नेहरुको लागि रक्तसंचार केन्द्रले तिनीहरुको लागि ठूलै गुण लगायो, लगाउँदैछ, लगाउने छन् ।

    मानवको जीवन बचाउने परोपकारी संस्था रक्तसंचार केन्द्र आफै कठिनाइबाट गुज्रिरहेको थियो । नेपाल रेडक्रस सोसाइटी उप–शाखा बर्दिबासले रक्तसंचार केन्द्र संचालनमा ल्याएको हो ।

    ‘केन्द्रको भवन कसरी बनाउने, धेरैले प्रश्न मात्रै गर्थे । ‘हामी गर्छौं,’ भन्नेहरु औंलामा गनिन्थें । त्यही औंलामा गनिन पुगे, बर्दिबास उद्योग वाणिज्य संघ र तीनका नेतृत्व प्रह्लाद क्षेत्री ।

    ‘हामी बनाउँछौं, हाम्रो रक्तसंचार केन्द्रको भवन,’ शिलान्यास गर्दै तीन वर्ष अघि भनेका थिए । हो उनको त्यो वचन, सत्य सावित भयो । बुधबार उनले प्रदेश सांसद सारदा थापाको उपस्थितमा ६ कोठ्ठे पक्की भवनको उद्घाटन गरे । ६४ लाख खर्चमा बनेको भवन निमाणार्थ ५५ लाख बढी सहयोगी मनहरुबाट जुट्यो । ८ लाख बढी अझै उधारो छ ।

    प्रह्लाद क्षेत्री उद्योग वाणिज्य संघको नेतृत्वमा आउँदा ज्यानको बाजी लगाएर जलेश्वरबाट सबैको सहयोगमा मालपोत कार्यालयबाट कागज पत्र ल्याएका हुन् । ‘स्थानीय सरकार आएको दुई वर्ष वित्दैंछ, किन नापी कार्यालयको कागजपत्र ल्याउन सकेन्न्,’ सांसद थापाको उपस्थितीमा उनले प्रश्न गर्दै भने, ‘कति दिनसम्म कित्ता काट गर्न सेवाग्राही जलेश्वर गइरहने, के फेरी पनि तालै तोडेर नापीको कागज पत्र ल्याउनु पर्ने हो ।’ उद्योग वाणिज्य संघको चुवान दुई महिना भित्रै हुने उनले बताए ।

    उद्योग वाणिज्य संघको नेतृत्वमा आएपछि उनले वाणिज्य संघको भवन बनाए । मधेश आन्दोलनको क्रममा वाणिज्य संघको तर्फबाट बर्दिबासमा समाजिक सद्भाव टिकाइ राखे, जतिखेर निर्वाचित स्थानीय सरकार थिएन । बर्दिबासमा महोत्सवको सुरुवात गरेकै हो । चुनावमा घर भाडामा एक रुपता ल्याउने उनले गरेको उद्घोष पुरा गर्न सकेनन् ।

    व्यापारीहरु आफु खुशी घर भाडा लिदाँ भाडा एकरुपता गर्न नसकेको उनको भनाइ छ ।
    यो पंक्ति पढ्ने महानुभावहरुले कडा टिप्पणी अवश्य गर्ने छन्, ‘जाबो प्रह्लादले के गर्यौं बर्दिबासको लागि, खुब प्रचार गरिरहेका छन्, राजकरणले ।’ मलाई भेटेर मेरा समर्थकहरुले भन्नेछन्, ‘तिम्रो अब बिग्रिने दिन सुरु भयो, तिमी अब ओरालो लाग्छौं ।’

    ‘आजसम्म मलाई हजुरहरुको गालीले बाँच्न सिकायो, तालीले होइन्,’ फेरी यो पढेर मलाई अझै सच्चिन रिसाएर भएपनि अर्ती र उपदेश दिनुहुन्छ भन्ने मेरो अपेक्षा छ ।

    काम गर्नेहरुले यदि ठीक गर्दै छ भने दुशमनलाई पनि पिठियुमा धाप लगाएर भन्नसक्नु पर्छ, ‘स्याबास ठीक गरिस् ।’ गलत गर्न लागेको छ भने, ‘सल्लाह, सुझाव पनि दिनुपर्छ ।’ तर, हामीले त्यसो गर्दैनो हौसल्ला भन्दा खुट्टा तान्नमै रमाउँछौं । अर्काको प्रगतिमा डाह गर्छौं, अनि भन्न मन लाग्छ, त्यही गाडीहरुको पछाडी लेखेको वाक्य, ‘जलो मत संघर्ष करों ।’


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, विचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस