• The Public Today
  • सप्तकोशीमा खतराको सङ्केत, ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुलाइयो


    सप्तरी, असार २७ गते – दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ ।

    [custom-facebook-feed]

    आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ ।

    पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले र स्थानीय तहले नदी किनार आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । वर्षा शुरु भएकाले राहत र उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयार रहेको जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्भावित बाढीबाट जोगिन सर्तकताका लागि आग्रह गरेका छन् । रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस