• The Public Today
  • एनआरएन अमेरिकाले बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने


    बोस्टन, असार २८ गते : गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपालमा आएको बाढी र यसको क्षतिप्रति दुख व्यक्त गरेको छ।

    [custom-facebook-feed]

    एनआरएन अमेरिकाले जुलाई १२ मा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जल प्रकोपमा जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा गहिरो समवेदना!’

    एनआरएन अमेरिका सहयोगका लागि सधैँ झैँ सबैसँग मिलेर काम गर्न तयार रहेको विज्ञप्तिमा छ। महासचिव पशुपति पाण्डे हस्ताक्षरित विज्ञप्तिमा अगाडी भनिएको छ, ‘दाता र मनकारीहरूबाट मात्रै यस्ता अभियान सफल हुन्छन् भन्ने हाम्रो अटुट विश्वास रहेको छ।’

    यो पटक पनि गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग मिलेर काम गर्ने तयारीमा लागेको परिषद्ले जनाएको छ।


    क्याटेगोरी : विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस