• The Public Today
  • नेपाल पहिलो टी-२० मा ७ विकेटले विजयी


    महोत्तरी, असार २८ गते : नेपाल टि-२० क्रिकेट शृ‌ंख्लाअन्तर्गत पहिलो खेलमा ७ विकेटले विजयी भएको छ।

    नेपालको जितमा कप्तान पारस खड्का नायक बने। पारसको अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको हो। ५० बलको सामना गर्दा पारसले ८ चौका र ५ छक्का हिर्काए ।

    मलेसियासँगको २ खेल अन्तरगत पहिलो खेलमा निर्धारित २० ओभरमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो।

    मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान भिरनदीप सिंहले अर्धशतकीय पारी खेले। ४९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए। कप्तान अहमद फैजले ४५ रन बनाएर सिंहलाई बलियो साथ दिएका थिए। यसबाहेक फित्री सामले १२ रन जोड्नुबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    मलेसियाका ४ ब्याट्सम्यान शून्य रनमा पेवेलियन फर्किएका थिए। नेपालका करण केसीले ३, सन्दीप लामिछाने र वसन्त रेग्मीले सामान २र२ विकेट हात पारे। सोमपाल कामीले एक विकेट लिए।

    क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा लक्ष पछ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन। नेपालको स्कोर २९ रन रहँदा प्रदीप ऐरी ८ रन बनाउँदै पेवेलियन फर्किए।

    साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो। नेपालले दोस्रो खेल आइतबार खेल्नेछ।


    क्याटेगोरी : खेलकुद

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस