• The Public Today
  • प्रदेश २ सरकारद्वारा बाढी प्रभावितका लागि राहतको घोषणा


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, अषाढ २८ गते ।
    प्रदेश २ सरकारले बाढीबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैया राहत उपलब्ध गराउने निर्णष् गरेको छ ।

    [custom-facebook-feed]

    शनिबार विहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले बाढी र डुबानमा मृत्यु भएको परिवारलाई ३ लाख रुपैयाँ र उद्धार, राहत र पूर्नस्थापनाका लागि ८ वटै जिल्लालाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    केही दिन यताको अविरल वर्षाले प्रदेश भरिकै जनजीवन अक्रान्त भएको बेला आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    मन्त्री परिषदको बैठकले हाल सम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।

    बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकार संग समन्वय गरेर हेलिकप्टर मंगाउने पहल भई रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताएका न् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस