धनुषाकाे औरही खोलाको निर्माणाधीन पुल भत्कियो

जनकपुरधाम, आषाढ २८ गते । धनुषाको सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधीन पुल भत्किएको छ ।

[custom-facebook-feed]

अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पुल शुक्रबार राति भत्काएको स्थानीय अजयकुमार राउतले जानकारी दिनुभयो । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको स्थायनीहरुको भनाइ छ ।

पुलको झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले शिलान्यास गर्नुभएको थियो । रोशन कन्स्ट्रक्सनले निर्माणकाे जिम्मा पाएकाे पुल झण्डै ६ वर्षदेखि अधुरो अवस्थामा थियो ।