• The Public Today
  • बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ३५ जना वेपत्ता


    काठमाडौं, असार २९ गते । बिहीबारदेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ भने ३५ जना वेपत्ता भएका छन् ।

    [custom-facebook-feed]

    प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।

    प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।

    जिल्लागत विवरणलाई हेर्दा ललितपुर र भोजपुरमा पाँच-पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस