• The Public Today
  • विपदमा नागरिक जोगाउन सशस्त्र प्रहरी प्रतिबद्ध : महानिरीक्षक खनाल


    काठमाडौं, असार २९ गते । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४सै घण्टा खटिने बताएका छन् ।

    [custom-facebook-feed]

    आइतवार पाँचखाल नगरपालिका–७ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर भवनको उद्घाटन गर्दै उनले जनताको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताए ।

    महानिरीक्षक खनालले विपद्को अवस्थामा होस् या अन्य अवस्थामा सशस्त्र प्रहरी जनताको सुरक्षा तथा उद्धारमा खटिँदै आएको बताए ।

    उनले विपद्को अवस्थामा सशस्त्र प्रहरी बल अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्दै आएको जानकारी दिए । ‘हामी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय तहसँग मिलेर काम गरिरहेका छौँ,’ उनले भने ।

    सो अवसरमा गणपति प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले रु १३ करोड २१ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । पाँचखालमा २२० रोपनी जमीन अधिग्रहण गरी भौतिक पूर्वाधार निर्माण गरिएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस