• The Public Today
  • बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ जना बेपत्ता [अपडेट]


    काठमाडौं, असार २९ गते । बिहीवारदेखिको भएको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार २४ महिला र ३६ पुरूषकाे मृत्यु भएकाे हाे।

    [custom-facebook-feed]

    बाढीपहिरोका कारण २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको आइतवार अपराह्न साढे ४ बजेको अपडेटअनुसार बाढीपहिरोमा फसेका १ हजार ४४४ जनाको उद्धार गरिएको छ ।

    तराई क्षेत्र बाढीबाट नराम्ररी प्रभावित बनेको छ भने पहाडी तथा हिमाली क्षेत्र पहिरोको चपेटामा परेका छन् ।

    आइतवार वर्षा केही थामिए पनि तराईका कतिपय क्षेत्रमा डुबान बाँकी छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस