• The Public Today
  • धनुषामा सर्पदंश उपचार केन्द्र स्थापना हुँदै


    जनकपुरधाम, असार ३१ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्रको स्थापना हुने भएको छ ।

    [custom-facebook-feed]

    युएनडिपी र नगरपालिकाको सहयोगमा सर्पदंशको उपचार सेवा दिने उद्देश्यले महेन्द्रनगरस्थित नेपाली सेनाको ब्यारेकमा सुविधा सम्पन्न उपचार केन्द्र निर्माण गर्न लागेको हो।

    करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण हुने २ तल्ले भवनमा २० वटा बेड रहने जसमध्ये १२ महिला र ८ पुरुषको हुने क्षीरेश्वरनाथ नगरपालिका र युएनडिपीबीच आइतबार सम्झौता भएको हो। 

    उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले यस उपचार केन्द्रबाट यस जिल्लाकै सर्पदंशका करिब ५० हजार विरामीहरुले लाभ लिने विश्वास व्यक्त गरेका छन्।

    पजियारले भने यो सर्पदंश उपचार केन्द्र जिल्लामा पहिलो निर्माण हुन लागेको छ। जिल्ला तथा नगरको विभिन्न भागमा वर्षेनी गर्मी समयमा नगरपालिकाको उत्तरी भेग जंगलसँग टाँसिएकाले सर्पले विगतमा सर्वसाधारणलाई दुःख दिदैं आएको उनको भनाइ छ । उपचार केन्द्रको निर्माणमा नगरपालिकाले ९९ लाख ४५ हजार र युएनडीपिले १ करोड २६ लाख २६ हजार २ सय ५० बाँकी रकम विभिन्न दाताबाट संकलन गरिने जनाएको छ।

    उपचार केन्द्रमा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष, चिकित्सक कक्ष, आपाङ्गमैत्रीसहित सुविधायुक्त भवन निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्णले जनाएका छन् ।

    सर्पदंशक उपचार केन्द्रमा आवश्यक चिकित्सक, औषधी र उपचारका लागि आवश्यक उपकरण, बिरामीका लागि २० वटा बेड, ल्याबका लागि उपकरण, एम्बुलेन्स, मोबाईल एप्लिकेशन, डिजिटल मोनिटर तथा मेटेरियल समेतको व्यवस्था मिलाइने कर्णले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस