• The Public Today
  • बाढीले बगाएको भप्सी पूलमा बेलीब्रिज जडान हुँदै


    बर्दिवास, असार ३१ गते । बाढीले बगाएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भप्सी पूलमा ‘बेलीब्रिज’ जडान गर्न थालिएको छ ।

    [custom-facebook-feed]

    चार दिनअघि भप्सी खोलाको पुल बाढीले बगाएको थियो। पुलमा सिरहाको लहानबाट बेलिब्रिजको सामग्री ल्याएर जडान गर्न सुरु गरिएको डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख विनोद कुमारले जानकारी दिए। ‘सात दिनभित्र बेलिब्रिज बनाइसक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘राजमार्गको पुल बाढीले बगाउनु हाम्रो लागि ठूलै विपत्ती हो।’ 

    ‘बाँकी रहेको दुवैतिरको पुलको पिलर कमजोर छ। त्यसैले बेलिब्रिज ५० मिटरकै तयार गर्न लागेका छौँ,’ उनल भने। बेलिब्रिज जडान गर्न विज्ञको टोली काठमाडौं र बाराको सिमराबाट आएको छ। डिभिजन सडक कार्यालय जनकपुरले भप्सी खोलाको दक्षिणपट्टी वैकल्पिक बाटो बनाएर यातायात संचालनमा ल्याएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस