• The Public Today
  • १२० केजी गाँजासहित ४ जना पक्राउ


    पर्सा, साउन २ गते । भारी परिणामको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले पर्साबाट ४ जनालाई पक्राउ गरेको छ । जिल्लाको बगहीबाट पर्सा प्रहरीले १२० केजी गाँजासहित ४ जनालाई पक्राउ गरेको हो ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १७ बस्ने २१ वर्षीय रमेश लामिछाने र २० वर्षीय डम्बरमणि घिमिरे रहेको छन् । त्यसैगरी पर्साको पटेर्वासुगौली गाउँपालिका ४ बस्ने ४२ वर्षीय प्रेम दास र सखुवा प्रसौनी गाउँपालिका ६ को ३५ बर्षीय राजेश खवास रहेको प्रहरीले जनाएको छ ।

    ‘सर्लाहीका २ र पर्साका २ अभियुक्तले भारतीय नम्बर प्लेट बीआर ०१ डीबी ०००३ नम्बरको कारको डिकीमा गाँजा राखी भारततर्फ लाँदै गरेको अवस्थामा वीरगञ्जको बगहीबाट गएराति साढे १० बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सहयोगीको रुपमा रहेका ना २४ प ८७६४ नम्बरको मोटरसाइकलमा सवार एक कारोवारीलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

    पक्राउ परेका अभियुक्तमध्ये रमेश कारका चालक र प्रेम दास मोटरसाइकल चालक हुन्। एउटै समूहमा अवैध कारोवारमा सम्लग्न चारैजनालाई लागुऔषध मुद्दामा अनुसन्धान गरी कार्वाही प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस