घुस लिएको आरोपमा इञ्जिनियर पक्राउ

प्रतिकात्मक तस्बिर
पब्लिक टुडे समाचारदाता
महोत्तरी, साउन ३ गते । सर्लाही जिल्लाको रामनगर गाउँपालिकाका इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्।
[custom-facebook-feed]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैँया घुस लिएको अभियोगमा रामनगर गाउँपालिकाका इञ्जिनियर रामजीबाबु यादवलाई पक्राउ गरेको हो।
सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ।
आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका– १० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज
प्रतिक्रिया दिनुहोस