• The Public Today
  • महिला सशक्तिकरणको पहिलो खुडकिलो ‘बेटी पढाउ बेटी बचाउ’ ः मुख्यमन्त्री राउत


    जनकपुरधाम, साउन ३ गते । मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तिकरणको पहिलो खुडकिलोको रुपमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई अघि बढाएको बताउनु भएको छ ।

    [custom-facebook-feed]

    महोत्तरीको गौशाला नगरपालिका वडा नंं २ स्थित श्री मावि निगौलमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले पितृसतात्मक समाजका कारण विभेदमा परेका महिलाहरुलाई शिक्षित बनाई समाजको हरेक तह तप्कामा स्थापित गराउने लक्ष्य आफुहरुले राखेको उल्लेख गराउनु भयो ।

    उहाँले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत कक्षा ८का छात्राहरुलाई साइकल वितरण, माघ ५ गते यता जन्मीएका बालिकाहरुको लागि शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयका निर्माण, महिलाहरुको लोकसेवा कक्षाको तैयारी जस्ता कार्यक्रमहरु निरन्तर रुपमा अघि बढि रहेको बताउनु भयो ।

    महिलाहरुलाई शिक्षित नबनाए सम्म समृद्धिको लक्ष्य प्राप्त गर्न सम्भव नरहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेश सरकारको यस महाअभियान सहभागिहरु स्थानीय सरकार , समाजिक संघ संस्था, अभिभावक सहितका आग्रह समेत गर्नु भयो ।

    प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी, निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको बताउनु भयो ।

    कार्यक्रममा कक्षा ८मा अध्ययनरत उक्त विद्यालयका ४३ जना छात्राहरुलाई साइकल उपलब्ध गराइएको हो ।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाह, प्रदेश सभा सदस्य भरत प्रसाद साह, समाजसेवी एवं समाजवादी पार्टीका नेता लक्ष्मी महतो, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव, केन्द्रिय सदस्य नवल यादव, विनोद महतो सहितको उपस्थिति रहेको थियो । 

    यसअघि मुख्यमन्त्री राउतले गौशाला नपा स्थित बान्हटोलमा भएको कटानको निरीक्षण, गौशाला माविमा समाजसेवी लक्ष्मी महतो निजी लगानीमा निर्माण हुने द्वारको शिलान्याश, प्रदेश सरकारको लगानीमा दूर्गा मन्दिरमा भएको सौन्दर्यीकरणको निरीक्षणका साथै गौशाला स्थित मस्जिद र मदरशाको निरीक्षण समेतगर्नु भएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस