• The Public Today
  • सरकारको कर नीति विरुद्ध जनकपुरमा विरोध र्‍याली


    जनकपुरधाम, साउन ४ गते । सरकारले साउन १ देखि लागू गरेको कर नीतिविरुद्ध जनकपुरका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । उद्योगी व्यवसायीलाई धारासायी बनाउन सरकारले लागू गरेको करसम्बन्धी व्यवस्था अव्यवहारिक रहेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

    [custom-facebook-feed]

    उद्योग वाणिज्य संघ जनकपुरको अगुवाइमा निकालिएको विरोध र्यालीका सहभागीले जनकपुरपुर उपमहानगरपालिको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए । 

    जनकपुरको शिव चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित शाहले  बताए ।

    आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस