• The Public Today
  • उपचारमा लापरवाही भएको भन्दै पूर्वपश्चिम राजमार्गमा प्रदर्शन


    सिरहा, साउन ४ गते । सिरहाको बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा अवस्थित सर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो ।

    [custom-facebook-feed]

    सर्पले टोकेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्र बन्दीपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएको हो।

    शुक्रबार विषालु सर्पले टोपछि बराललाई ९ मिनेट भित्रै शर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर त्याहाँ उपचार सम्भवन नभएपछि अन्तिम अवस्थामा जनकपुर अंचल अस्पताल पठाइएको थियो । जनकपुर अंचल अस्पताल ल्याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेको थियो । आफन्तजनत र स्थानीयले सर्पदशं उपचार केन्द्रकै लापरवाही बरालको मृत्यु भएको भन्दै आक्रोसित भएका छन् ।

    प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमति गर्ने शर्तमा विहानैदेखिको चक्काजाम ११ बजे खुलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताएपनि सहमति हुन सकेको छैन । त्यसपछि फेरी स्थानीयहरुले सडक अवरुद्ध गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस