सरकारले बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन सकेन : नेता महतो

जनकपुरधाम, साउन ४ गते । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले शनिबार प्रदेश नम्बर २ मा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणमा आएका राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बाढी पीडितको पुनस्र्थापनाका लागि सरकारले तत्कालै निर्णय लिनु अवश्यक रहेको बताए । बाढीले बगाएका घरहरुको अविलम्ब निर्माण गर्नु आवश्यक रहेको पनि उनले बताए ।
महतोले सरकारले बाढी पीडितहरुलाई अझै सक्दो राहत उपलब्ध गराउन नसकेको आरोप पनि लगाए ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले धनुषामा ११ हजार मानिस बाढीबाट प्रभावित भएको र राहत अपुग भएको जानकारी टोलीलाई गराएका थिए । क्षतिको पूर्ण विवरण अझै संकलन नभएको उनले बताए ।
गठित उपसमितिको एक टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको प्रभावित क्षेत्रको निरिक्षण गर्ने छ भने अर्को टोलीले सिरहा र सप्तरी लगायत जिल्लाको निरीक्षण गर्ने जनाएको छ ।
सांसदहरुको टोलीमा रामसहाय प्रसाद यादव, राजेन्द्र महतो, देवेन्द्रप्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, छक्क बहादुर लामा, बृजेश कुमार गुप्तालगायतका छन् । रातोपाटी
क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय
प्रतिक्रिया दिनुहोस