• The Public Today
  • जनकपुरकै चर्चिक गायक रुद्रसेनको ‘कानोमे आहाँके झुम्का’ सार्वजानिक (भिडियोसहित)


    विजय कुमार सिंह
    धनुषा, साउन ५ गते ।
    जनकपुरकै चर्चित गायक रुद्रसेन विश्वकर्माको नयाँ गीति भिडियो सार्वजानिक भएको छ ।

    [custom-facebook-feed]

    गायक विश्वकर्माको स्वर, अभिनय र गायिका ज्योति मगरको स्वर रहेको ‘कानोमे आँहाके झुम्का’ शुक्रबार युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । मैथिली भाषाको यो गीतमा दुवै जनाको दमदार प्रस्तुति पनि रहेको छ । शुक्रबार रिलिज गरिएको उक्त गीति भिडियोमा गायक विश्वकर्माले विशेष प्रस्तुति समेत दिएका छन् ।

    आरजे म्युजिक प्रोडक्सन युट्युब च्यानल मार्फत उक्त गीतलाई सार्वजानकीकरण गरिएको हो । शब्द तथा संगीत गायक रुद्रसेनको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोलाई निर्माता निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।

    झ्वाट्ट हेर्दा नेपाली चलचित्रका सुपरस्टार महानायक राजेश हमालको जीउडाल, अनुहारसँग मेल खाएका चर्चित गायक विश्वकर्मा विगत लामो समयदेखि नेपाली गीत,संगीतमा योगदान दिंदै आएका छन् ।


    क्याटेगोरी : मनोरंजन, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस