• The Public Today
  • राजपा अध्यक्ष मण्डलको संयोजकमा राजकिशोर यादव


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन ६ गते ।
    राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन् ।

    [custom-facebook-feed]

    राजपाको साउन ४ र ५ मा जनकपुरमा बसेको बैठकले यादवलाई साउन ६ देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । यसअघि अनिलकुमार झा संयोजक थिए ।

    राजपा यसअघि तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वावाना पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भएरमिलेर गठन भएको हो ।

    पार्टीको महाधिवेशन नभइन्जेलसम्म नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ । अहिले दुई/दुई महिनामा संयोजक फेरिने सहमति अनुसार यादव संयोजक चयन भएका हुन्।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस