कविर अनाथ आश्रमलाई मुख्यमन्त्री राउत द्वारा आर्थिक सहयोग

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फाल्गुण २७ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा रहेको सन्त कविर अनाथ बाल आश्रमलाई पाँच लाख आर्थिक सहयोग गरेका छन् । मुख्यमन्त्री राउतले आईतवार बाल आश्रममा पुगि बाल आश्रमका संचालक सन्तनारायण आलोकलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री राउतले आप्mनो निजी जीवनलाई परित्याग गरि कविर अनाथ बाल आश्रमलाई मुख्यमन्त्रीद्वारा सहयोग अनाथ बालबालिकाहरुको पालन पोषण गरिरहेका सन्त आलोकको प्रसंशा गर्दै प्रदेश सरकारले अगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । मुख्यमन्त्री राउतले अन्य संघ संस्थाहरुलाई समेत आश्रमलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उक्त अवसरमा प्रदेश सभा सदस्य राम अशिष यादव, प्रमुख जिल्ला अधिकारी प्रदिप कडेल, समाजिक अभियन्ता सरोज राय, अमित झा, ममता मण्डल, निर्मला यादव लगायतको उपस्थिति रहेको थियो । आश्रममा हाल १३ जना बालबालिकाहरु रहेका छन ।

Scroll to Top