सुस्मिता सेनलाई चुम्बन गरिरहेको भेटिए प्रेमी

बलिउड नायिका सुष्मिता सेनको एउटा फोटो इन्टरनेटमा छाएको छ । यो तस्बिरमा रोहमनले उनको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ र सुष्मिता मुस्कुराइरहेकी छिन् । यो तस्बिर एउटा सेल्फी हो जसलाई सुष्मिताले क्लिक गरेकी छिन् ।

[custom-facebook-feed]

सुष्मिता अहिले छुट्टीमा छिन् । उनी आफ्ना छोरीहरु र प्रेमी रोहमन शलसँग छुट्टी मनाइरहेकी छिन् । छुट्टीका विभिन्न तस्बिर उनले पोष्ट गरेकी छिन् । सुष्मिताले आफ्ना केही रोमान्टिक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् जसको क्याप्सनमा लेखिएको थियो, ‘मसँगै हिँड, वास्तविकताको उत्सव मनाउँदै, जे होला होला, रोहमन शल ! धेरै माया ।’

बलिउड नायिका सुष्मिता सेन आफ्नो सम्बन्ध र विवाहको विषयमा सधैं चर्चामा हुन्छिन् । सुष्मिता र रोहमनको भेट सोसल मिडियामार्फत् भएको बताइन्छ । एजेन्सी