• The Public Today
  • उद्योग वाणिज्य संघको आह्वानमा गौशालाबजार बन्द


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन ८ गते :
    महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजार गौशाला उद्योग वाणिज्य संघको आह्वानमा बन्द गराइएको छ ।

    [custom-facebook-feed]

    मंगलवार रासायनिक मल कालोबजारी गरि बिक्री गरेको आरोपमा प्रहरीले व्यापारीलाई पक्राउ गरे पछि बधुवार बिहानै गौशाला उद्योग वाणिज्य संघले बजार बन्द गराएका हुन ।

    गौशाला उद्योग वाणिज्य संघका सचिव रमेश कुमार यादवले कालोवजारी गर्ने व्यापारीलाई पक्राउ गर्दा उद्योग वाणिज्य संघलाई कुनै जानकारी नगराएको भन्दै सो को विरोध स्वरुप बजार बन्द गरिएको बताए ।

    सचिव यादवका अनुसार मंगलवार दिउँसोको समयमा कालोबजारी गरेको भन्दै साह किसान टे«डर्सका संचालक सुनिल कुमार साहलाई ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले पक्राउ गरेको थियो ।

    व्यापारी साहले एकजना किसानलाई प्रतिबोरा ७५० रुपैयाँ पर्ने युरिया मल १ हजार ४ सय ५० का दररेटमा विक्रि गर्दै आएको समयमा पसलबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    यता, पक्राउ परेका व्यापारीलाई म्याद थप गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताएका छन् ।

    तस्वीर ः धनवीर महतोको फेसबुकबबाट


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस