• The Public Today
  • सिटिजन्स बैंकद्वारा गरिब तथा विपन्नलाई छात्रवृत्ति


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन १० गते ।
    सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेड गौशाला शाखाले सामुदायिक विद्यालयका विपन्न गरिब तथा जेहेन्दार पाँचजना छात्र—छात्रालाई छात्रवृत्ति रकम हस्ताणतरण गरेको छ ।

    [custom-facebook-feed]

    बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका विपन्न गरिब तथा जेहेन्दार पाँचजना छात्र—छात्रालाई छात्रवृती प्रदान गर्नका लागि ५० हजार रकम बराबरको चेक गौशाला नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    यस्तै, महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारको फोहरमैला व्यवस्थापन गर्न डष्टविनका लागि ७० हजारको चेक नगरपालिकाका मेयर शिवनाथ महतोलाई हस्तान्तरण गरेको सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेड गौशाला शाखाका शाखा प्रबन्धक दिलिप कुमार श्रेष्ठले बताए ।

    ५० हजार र ७० हजार गरी १ लाख २० हजार रकम बराबरको चेक बैंकका शाखा प्रबन्धक श्रेष्ठ र सहायक शाखा प्रबन्धक मुकेश साहले संयुक्त रुपमा गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतालाई हस्तान्तरण गरेका हुन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस