• The Public Today
  • पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेल मार्गको पहिचान


    काठमाण्डौं, साउन ११ गते : सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ ।

    [custom-facebook-feed]

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो ।

    पूर्व पश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन ९डिपीआर० निजगढ–बर्दिबास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव २०७६र०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्टाएको छ ।

    मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पूर्वपश्चिम रेलमार्गको काम सहज रुपमा अघि बढ्ने बताए । ‘यो आर्थिक वर्षमा केही बजेट पनि परेको छ, बर्दिबास निजगढसम्म काम भइरहेको छ,’ उनले भने, ‘काँकडभिट्टादेखि इनरुवासम्म टेन्डर निकाल्ने तयारीमा छौं ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस