• The Public Today
  • विश्वकप एसिया छनोट : कुवेतविरुद्ध नेपालको शानदार जीत


    काठमाडौं, साउन ११ गते । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ ।

    [custom-facebook-feed]

    १४२ रनको लक्ष्य दिएको कुवेतलाई नेपालले ३ विकेटको क्षतिमा १५.५ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको हो।

    ४२ बलमा कप्तान पारस खड्काले ६८ रनको योगदान दिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। १३ बलमा २ चौका, १ छक्का प्रहार गरी ज्ञानेन्द्र मल्ल आउट भएका थिए। शरद भेषावकरले ३० बलमा नटआउट ३८ रन जोडे।

    यसअघि, निर्धारित २० ओभरको खेलमा कुवेतले ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा जारी खेलमा टस हारेर कुवेतले व्याटिङ पाएको थियो

    मोहम्मद कासिफले ४९, आन्दन इन्द्रासले २५, मोहम्मद इस्लामले २३ ,राजिभा सान्दारवानले १५ र विलाल ताहिरले १३ रन जोडका थिए। स्पिनर सन्दीप लामिछाने र वसन्त रेग्मीले ३/३ विकेट लिएका थिए। करण केसीले २ विकेट लिए भने अभिनास वोहराले कुवेतको १ विकेट हात पारेका थिए।

    नेपालले अब सिंगापुरसँग खेल्नेछ। नेपालले भोलिको खेल जितेमा युएईमा हुने विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ। नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक छ।


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस